बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार बढी कित्ता शेयर बिक्रीमा

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधबार उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।

प्रतिकित्ता रू.१५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *