भक्तपुरको मध्यपुर थिमी नगरपालिकाकाे प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार प्रमुखमा विजयी भएका छन् । उपप्रमुख माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
आफ्नै ज्वाइँलाई हराउँदै सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पछाडि पार्दै सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् ।
कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे ।
उपप्रमुखमा विजय श्रेष्ठले एमालेका उम्मेदवार उत्तरा नेपाललाई पराजित गरेका छन् । मदनसुन्दर निवर्तमान नगरप्रमुख हुन् ।
Artha Sanjal






