डिम्याट र मेरो शेयर नवीकरण शुल्क बुझाउन सनी सेक्युरिटिजको आग्रह

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४२) हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३को हितग्राही खाता संचालन गरेवापत हितग्राहीहरुलाई बार्षिक शुल्क असार मसान्तभित्र भुक्तानी गर्न आग्रह गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै नियमित रूपमा डिम्याट तथा मेरो शेयर सेवा सञ्चालन गर्न प्रत्येक आर्थिक वर्षका लागि १५० रुपैयाँका दरले वार्षिक शुल्क तिर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । सोअनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको बाँकी शुल्क असार मसान्तभित्र कम्पनीको मुख्य कार्यालय, शाखा कार्यालय वा आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क गरी बुझाउन अनुरोध गरिएको छ ।

सूचनामा तोकिएको समयभित्र शुल्क भुक्तानी नगरेमा हितग्राहीको डिम्याट खाता प्रणालीबाट स्वतः ‘फ्रिज’ हुने उल्लेख गरिएको छ। साथै, मेरो शेयर सेवा सञ्चालनमा आएको एक वर्षभित्र नवीकरण नगरिएमा उक्त सेवा स्वतः बन्द हुने चेतावनी पनि कम्पनीले दिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *