राहदानी छपाइमा अनियमितता: थप दुई जना पक्राउ

काठमाडौं । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियार स्रोतकाअनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको छ ।

यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *