अतिरिक्त शुल्क मागेमा सिधै गुनासो गर्न विद्युत प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गरेको छ।

प्राधिकरणले सेवा लिने वा दिने क्रममा कुनै पनि किसिमको अनियमितता भए तत्काल जानकारी गराई सुशासन कायम गर्न सहयोग गर्न अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा बढी रकम मागिएमा वा कर्मचारी तथा अन्य व्यक्तिबाट अनुचित कार्य भएको पाइएमा सेवाग्राहीले प्रमाणसहित उजुरी दिन सक्नेछन्।

यस्ता गुनासा वितरण तथा ग्राहक सेवा निर्देशनालयको टेलिफोन नम्बर ०१–४१५३१४५ तथा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको नम्बर ९८५१३५५६९६ मा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *