सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ३ सय रुपैयाँले बढेर मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *