बिगो बराबर धरौटी बुझाएर रिहा भए सेफ सन्तोष

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए। उनी पनि रिहा भएका छन् ।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *