काठमाडौं । अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेच्न लागेको हो।
यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।
Artha Sanjal






