काठमाडौं। सप्तकोशी डेभलपमेन्ट बैंकले १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिले आगामी असार १४ गते विराटनगरमा बस्ने गरी साधारणसभा बोलाएको हो।
साधारणसभाले अन्य उपयुक्ता बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव गर्नेछ।
यसका लागि मर्जर तथा एक्युजिसन गर्न आवश्यक भए सञ्चालक समितिलाई सबै अधिकारी दिने विशेष प्रस्ताव साधारणसभाले अनुमोदन गर्नेछ।
साधारसभाले गत आर्थिक वर्ष २०८१÷८२ वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
बैंकले साधारणसभा प्रयोजनका लागि आउँदो असार २ देखि असार १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
Artha Sanjal







