महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस

काठमाडौं । महानगर यातायात प्रालिले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौँमा शशिला मोटर्स प्रालिले महानगर यातायात प्रालिलाई विद्युतीय बस हस्तान्तरण गरेको हो ।

३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरूका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।

नयाँ बसहरूको सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।

महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी बस र २४ वटा माइक्रो बस गरी ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *