काठमाडौं । दुई वाणिज्य बैंकले कुल ५ लाख ७ हजार ६८१.६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।
बिक्रीमा राखिएको शेयरमध्ये सिटिजन्स बैंकको २ लाख ७७ हजार २६४.६६ कित्ता र कुमारी बैंकको २ लाख ३० हजार ४१७ कित्ता संस्थापक शेयर रहेका छन्।
सिटिजन्स बैंकको शेयरमा योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् भने कुमारी बैंकको शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिनुपर्नेछ। सिटिजन्स बैंकको शेयर किन्न १५ दिनभित्र र कुमारी बैंकको शेयर खरिद गर्न निवेदन ३५ दिनभित्र दिनुपर्नेछ।
निवेदन सिटिजन्स बैंकको शेयरका लागि काठमाडौंको नारयाणहिटी पथस्थित बैंकको कन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ। कुमारी बैंकको शेयर खरिद गर्न भने संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ।
कुमारी बैंकको शेयरमा तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।






