एमसीसी परियोजनाका लागि २९ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि एमसीसी परियोजनामा २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्रालयका अनुसार उक्त रकममध्ये ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ नेपाल सरकारको स्रोतबाट र २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ वैदेशिक अनुदानबाट खर्च गरिनेछ।

यो परियोजनामा आर्थिक वर्ष २०८१/८२ मा भनेमात्र २ अर्ब ३३ करोड ७३ लाख खर्च भएको थियो ।

चालु आव २०८२/८३ को संशोधित अनुमान ७ अर्ब ४९ करोड १३ लाख छ । एमसीसी अन्तर्गत चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख र पूँजीगत २७ अर्ब ९९ करोड ८० लाख बराबर हुने अनुमान छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *