रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् ।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *