काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आजदेखि लगातार ४ दिन बन्द हुने भएको छ। आजदेखि सार्वजनिक बिदा र साप्ताहिक बिदा परेकाले शेयर कारोबार चार दिनसम्म प्रभावित हुने भएको हो।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले यसअघि नै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
त्यसैगरी, भाेली जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा परेको छ।
यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले शेयर बजार लगातार चार दिन बन्द रहने भएको हो।
लगातारको बिदापछि नेप्सेमा कारोबार जेठ १८ गते सोमबार मात्रै पुनः सञ्चालन हुनेछ।
Artha Sanjal






