काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबारभएको थियो।
Artha Sanjal






