काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि शुक्रबार भएकाे निर्वाचनको मतगणना सकिएको छ। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्।
वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाए ।
दुवै अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् । योसँगै नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ।
Artha Sanjal







