सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) को साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिससम्बन्धी सूचना सार्वजनिक गरेको हो।

बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल छन् ।

बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीद्वारा जारी सूचनाअनुसार माथिल्लो पदमा बढुवा नियुक्तिपछि रिक्त हुने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।

सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले ७ दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *