वीरगञ्ज । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ ।
Artha Sanjal






