काठमाडौँ । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले आगामी आर्थिक वर्षमा पूर्वाधार क्षेत्रमा ४ खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गर्न सकिने अवस्था नरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेट छलफलका क्रममा बोल्दै उनले मुलुक पूर्वाधारको अभावले गम्भीर चुनौतीमा रहेको भए पनि ठूलो बजेट विस्तार व्यवहारिक नदेखिएको बताए।
‘हामी पूर्वाधारको अभावमा छटपटिएका छौँ। अहिले पनि धेरै पूर्वाधार अलपत्र अवस्थामा छन् । तर आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति देखिँदैन,’ उनले भने।
पूर्वाधार विकासका लागि बजेट बढाउँदा राजस्वबाट परिपूर्ति हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।
Artha Sanjal






