काठमाडौं । सिद्धार्थ बैंकको ३ लाख कित्ता सेयरको बिक्री खुला गरिएको छ ।
बैंकले संस्थापक सेयरधनी जगदिश कुमार अग्रवालको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
यसअनुसार अब सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको सेयरको संख्याको विवरण खुलाई लिखित आवेदन दिन सकिनेछ ।
Artha Sanjal






