पाथीभरामा एक महिनामा एक करोडबढी भेटी संकलन

काठमाडौं । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *