मूल्य पारदर्शिता सप्ताहमा वीरगञ्जका ३ होटल तथा क्यान्टिन कारबाहीमा, ७५ हजार जरिवाना

काठमाडौं । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनमा आकस्मिक अनुगमन गर्दा तीन व्यवसायी कारबाहीमा परेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत कार्य गरेको पाइएपछि तीन व्यवसायीलाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

वीरगञ्ज महानगरपालिका–११ मा सञ्चालित तराई क्यान्टिनका सञ्चालक दीपक शाहलाई उपभोक्ता संरक्षण ऐनको दफा १५ उल्लंघन गरेको तथा दफा ३८ (ट) अन्तर्गत कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको निमित्त प्रमुख आशुतोष कुशवाहाले जानकारी दिए।

यस्तै, वीरगञ्ज–१३ मा सञ्चालित ज्योति मगर होटलका सञ्चालक शेखर मगरलाई दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) अन्तर्गत कसुर गरेको पाइएपछि दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी, सोही क्षेत्रमा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि उपभोक्ता संरक्षणसम्बन्धी प्रावधान उल्लंघन गरेको ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको समितिले जनाएको छ।

अनुगमन टोलीले वीरगञ्ज–१३ मा अनु देवीले सञ्चालन गरेको व्यवसायमा समेत केही सुधार आवश्यक देखिएको भन्दै आवश्यक निर्देशन दिएको छ।

जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हित संरक्षण, मूल्य पारदर्शिता कायम तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *