नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा ५ जना नियुक्त

काठमाडौं । सरकारले नेपाल एयरलाइन्स सञ्चालक सदस्यमा ५ जना नियुक्ति गरेको छ ।

पर्यटन मन्त्रालयका अनुसार कुल २७ जनाले आवेदन दिएका थिए। तीमध्ये शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट प्रक्रिया पूरा गरी मन्त्रीस्तरीय निर्णयबाट ५ जनालाई नियुक्त गरिएको हो।

नियुक्त हुनेमा पोखराका डा. दीपकप्रसाद बास्तोला, भरतपुरका प्रविन भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, गोकर्णेश्वरकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल छन् ।

उनीहरूलाई ७ दिनभित्र नियुक्ति लिन मन्त्रालय आउन सूचना जारी गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *