गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित दुई ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

विभागका अनुसार १०० ग्रामवाला ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको पाइएको हो ।

गुणस्तर परीक्षणमा मापदण्ड विपरीत देखिएपछि विभागले दुवै उत्पादन बजारबाट हटाउन निर्देशन दिएको जनाएको छ ।

त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स बिस्कुट’ पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको विभागले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *