सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *