काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई आगामी पुस ६ गतेसम्मका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार श्रम तथा व्यवस्थापन सुरक्षा विभाग बाट पुस ६ गतेसम्मका लागि श्रम इजाजत प्राप्त भएकाले सोही अवधिसम्मका लागि उनलाई नियुक्त गरिएको हो ।
Artha Sanjal






