जनकपुरधाम उपमहानगरपालिकामा १०० मत गणना हुँदा नेपाली कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् ।
१ नम्बर वडाको १०० मत गणना हुँदा साहले ३९ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ३ मत पाएका छन् ।
प्रारम्भिक मतगणना अनुसार सूर्यले ७, आँपले १०, लालटिनले ७, रुखले ७ र साइकलले ३ मत पाएको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साहले ३५ मतसहित अग्रता लिएका छन् । उनी गठबन्धनका उम्मेदवार हुन् ।







