रिलायबल नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले पाए वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीको उपाधी

काठमाडौं । न्यू विजनेश एज प्रालिले आयोजना गरेको विजनेश एक्सिलेन्स अवार्डबाट बीमा क्षेत्रका दुई कम्पनी सम्मानित भएका छन्।

होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहमा १४ जीवनबीमकमध्ये रिलायबल नेपाल लाइफले सर्वोत्कृष्ट जीवन बीमकको उपाधि प्राप्त गरेको हो। यसैगरी निर्जीवन बीमकमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले उत्कृष्ट निर्जीवन बीमकको उपाधी प्राप्त गरेको छ।

आयोजककाअनुसार, आर्थिक वर्ष २०८१।८२ को लेखा परिक्षण तथा साधारण सभा २०८२ पुस मसान्तसम्म गरिसकेका जीवन र निर्जीवन बीमकहरूमध्ये कर चुक्ता गरेका, नियामकीय कारवाहीमा नपरेका, बजार वृद्धि, पूँजी कोष र बीमा कोष वृद्धि, महाविपत्ती कोष, नाफा लगायतका सूचकांकका आधारमा उत्कृष्ट बीमा कम्पनीको चयन गरिएको हो।

समारोहमा उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदायकको उपाधी ग्लोबल आइएमइ बैंक र उत्कृष्ट वाणिज्य बैंकको उपाधी एभरेष्ट बैंकले पाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *