काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४९.६५ को विन्दुमा बन्द भएको छ ।
आज ३३५ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबेभन्दा धेरै होटल फरेष्ट इनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ७.९० प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ६.१२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५४ प्रतिशतका दरले गुमाएका हुन् ।






