एफएनसीसीआई निर्वाचन: जिल्ला–नगरतर्फ नतिजा सार्वजनिक, मतगणना जारी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ।

६०औँ वार्षिक साधारणसभाअन्तर्गत मंगलबार सम्पन्न निर्वाचनपछि मतगणना जारी छ।

जिल्ला/नगर खुलातर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शंकर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।

त्यसैगरी सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल विजयी भएका छन् भने द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्। अन्य पदको मतगणना जारी रहेको छ।

महासंघमा ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदका लागि निर्वाचनबाट कार्यसमिति चयन हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *