गोल्छा र व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छा र व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदैछ ।

गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गोल्छालाई हाजिर जमानीमा छाड्ने वा थुनामै राखेर अनुसन्धान कारबाही गर्ने भनेर आजै टुङ्गो लाग्नेछ ।

यसअघि गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको थियो ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको थियो ।

यस्तै, व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *