काठमाडौँ । राष्ट्रपति कार्यालयले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार राष्ट्रपतिले अध्यादेश अध्ययन गरेपछि सरकारलाई पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।
बैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संवैधा निक परिषद्सम्बन्धी अध्यादेशसहितका केही अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गरेको थियो ।
Artha Sanjal






