दराजद्वारा ५.५ बिग समर सेलको घोषणा, ८० प्रतिशतसम्म छुट

काठमाडाैं । अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘बिग समर सेल’ सार्वजनिक गरेको छ । यस सेलमार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ ।

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी तथा रु. ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् ।

ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६० प्रतिशतसम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ ।

ग्राहकहरूले आफुले इच्छाएका सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ ।

यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, योग्यताको सर्तअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दाबी छ ।

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मी अनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नुहुनेछ । नयाँ ग्याजेट खोज्दै हुनुहुन्छ, गर्मीका आवश्यक सामग्री किनमेल गर्दै हुनुहुन्छ वा दैनिक आवश्यक वस्तुहरू खरिद गर्न चाहनुहुन्छ, यहाँ सबैका लागि केही न केही उपलब्ध रहने कम्पनीको प्रतिबद्धता रहेको छ ।

सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *