काठमाडौं । सरकारले बल्खुकाे सुकुमबासी बस्तीमा डोजर चलाइरहेको बेला एकजना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईकाअनुसार काठमाडौँ-१४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए ।
श्रीमती सरिता राई र उनका छोरा अहिले घटनास्थलमै छन् ।
सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो ।
Artha Sanjal






