राष्ट्रपतिले थाले कानुनविद्हरूसँग छलफल

काठमाडौं । सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् ।

शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

उनका अनुसार छलफलका लागि कानुनविद्हरू शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाएका थिए ।

छलफलअघि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

सरकारले सिफारिस गरेका अन्य अध्यादेशबारे राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श लिन लागेका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *