काठमाडौं। संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर ६ का ४६ वर्षीय उमेश रोका हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। हाल उनी काठमाडौंको जडिबुटीमा बसोबास गर्दै आएका छन् भने विगत १५ दिनदेखि वीर अस्पतालमा उपचाररत रहेका छन्।
उनी लिभर तथा पेटसम्बन्धी जटिल रोगबाट पीडित रहेको बताइएको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था निकै संवेदनशील र जटिल रहेको छ। परिवारका सदस्यहरूका अनुसार रोकाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले उपचार खर्च जुटाउन निकै कठिन भइरहेको छ। समयमै उचित उपचार गराउन नसक्दा उनको स्वास्थ्य झन् बिग्रँदै जाने चिन्ता परिवारमा बढेको छ।
बिरामी उमेश रोकाले सबै सहयोगी मन भएका व्यक्तिहरूसँग आर्थिक सहयोगको हार्दिक अपिल गरेका छन्। उनले सानो सहयोगले पनि आफ्नो जीवन बचाउन ठूलो मद्दत पुग्ने बताएका छन्। उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले तल उल्लेखित विवरणमा सहयोग गर्न गुहारेका छन् ।
सम्पर्क नम्बर: ९८०१११८३०७
बैंक: सिद्धार्थ बैंक लिमिटेड
खाता नम्बर: ०१७२०५१६५१०
खातावालाको नाम: राजेश रोका






