काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान र त्यहाँ रहेका संरचना नभत्काइने स्पष्ट पारेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्रिवि उपकुलपति सहितका पदाधिकारीसँग बिहानै छलफल भएको उल्लेख गरे।
उनले संरचना खाली गराउने उद्देश्य नभई लिज (भाडा सम्झौता) सकिएकाले नयाँ सम्झौता गरिने बताए।
“खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ, भत्किँदैन,” मन्त्री पोखरेलले भने।
Artha Sanjal






