काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय बैठकले विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष दीपक धामीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अनेरास्ववियु ‘टियु डिक्लरेसन’ जारी गर्दै समसामयिक विभिन्न १३ बुँदे प्रस्ताव पारित गरेको हो ।
बैठकपछि अध्यक्ष धामीले जारी गरेको विज्ञप्तिमा नेपालको शैक्षिक सुधार, जनजीविका, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलनका प्रेरक शक्ति विद्यार्थी सङ्गठनमाथि सरकारले गर्न खोजेको निषेधको निर्णयलाई बैठकले खारेज गरेको जनाएको उल्लेख छ।
‘एकातर्फ नेपालका मौलिक राजनीतिक शक्तिलाई खारेजी र निषेध गर्ने अर्काेतर्फ विदेशी काउन्सिलहरूलाई खुल्ला छाड्ने सरकारी रवैयाको यो बैठक घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
Artha Sanjal






