आज मनोहराको सुकुमबासी बस्ती हटाइँदै

काठमाडौं। सरकारले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज डोजर चलाउने तयारी गरेको छ।

शनिबार साँझ बस्तीका संरचना भत्काउँदा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि त्यहाँ संरचना भत्काउने काम रोकिएको थियो। ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन्।

सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रम शनिबार बिहानबाट सुरु गरेको हो।

सरकारले काठमाडौँ महानगरपालिका-११ थापाथली, काठमाडौँ-९ गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरमा शनिबार डोजर चलाएर बस्ती हटाइएको छ।

थापाथली, गैरीगाउँ र शान्तिनगरका बस्ती सहजै भत्काइए पनि मनोहराका स्थानीयले भने ढुंगा प्रहार गरेका हुन्।

आइतबार बिहानदेखि मनोहरामा डोजर चलाएर बस्ती हटाइने प्रहरीले जनाएको छ। मनोहरा बस्तीमा केही पक्की घर पनि छन्।

पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *