३ हजारले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे बिहीबार ३ लाख २ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा झरेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने घटेर चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *