काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गस्थित एक पसलका सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
महानगरको वडा नम्बर १ क्षेत्रमा पसलको म्याटबाट सडक पेटीमा धुलो झारेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पसल धनी पङ्कज कुमारलाई महानगर प्रहरी बलले कारबाही गरेको हो।
महानगरले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत कारबाही गरेको जनाएको छ ।
Artha Sanjal







