आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं — आजदेखि विक्रम संवत् २०८३ सुरु भएको छ। वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा देशभर शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदै छ।

नेपालमा वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहँदै आएको छ। विक्रम संवत् विश्वका प्राचीन संवत्हरूमध्ये एक मानिन्छ।

आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन भएकाले वैशाख सङ्क्रान्ति (मेष सङ्क्रान्ति) पनि हो। सूर्यको गतिसँग आधारित भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत रहेको विद्वानहरू बताउँछन्।

नयाँ वर्षको दिनलाई नयाँ सुरुआतका रूपमा लिँदै मानिसहरूले गत वर्षका सफलता–असफलताको समीक्षा गरी आगामी दिनका लागि योजना बनाउने चलन छ।

बिहानै स्नान गर्ने, घरपरिसर सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने परम्परा छ।

देशभर तथा विदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन्। बिस्का जात्रा का अवसरमा भक्तपुरमा विशेष चहलपहल हुने गर्दछ।

नयाँ वर्षको अवसरमा रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव लगायतले शुभकामना सन्देश जारी गर्दै देशवासीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *