काठमाडौं । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।
सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।
उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो ।’
उनले ‘चेतना भया’ ह्यासट्याग राख्दै थप लेखेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’
उनले स्टोरीको ब्याकगाउण्ड गीतको छनोट चाहिँ उदेकलाग्दो छ । उनले ‘के पाइस् नेपाली केरा’ बोलको गीतलाई स्टोरीको ब्याकग्राउन्डमा राखेका छन् ।
Artha Sanjal






