काठमाडौं आउँदै गरेको कार दक्षिणकालीको भिरबाट खस्यो, एक जनाको मृत्यु

काठमाडौँ। हेटौडाबाट काठमाडौं आउँदै गरेको कार दक्षिणकालीमा दुर्घटनामा परेको छ । दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ ।

बीएबी ५२८१ नम्बरको कार दुर्घटना हुँदा ३४ वर्षीय सुरज खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खसेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *