अन्त्य भयो डेटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था

काठमाडौँ। नेपाल टेलिकमले डेटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि ग्राहकलाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागु गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि डाटा प्याकेज सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्र पास एस यु गो प्रणाली प्रयोग गर्न सक्नेछन् ।

यो प्रणाली प्रयोग गर्न इच्छुक ग्राहकले *४४४# डायल गरी उक्त सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *