चितवनमा एमाले कार्यकर्ताको छुरा प्रहारबाट कांग्रेस नेता कानको हत्या

नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ । आइतबार साझ भरतपुर–७ कृष्णनगर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि एमालेका कार्यकर्ताले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको थियो । अस्पताल नपुर्‍याउदै बाटोमा नै  मृत्यु भएको प्रहरी श्रोतले जनाएको छ ।

कानको हत्यापछि चितवनको सुरक्षा व्यबस्था कडा बनाइएको प्रहरीको भनाइ छ । याे समाचार तयार पार्दा सम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *