दुई दिन बिदाको निर्णय बैंकमा पनि लागु

काठमाडौं: सरकारी कार्यालय र शैक्षिक संस्थासँगै बैंक तथा वित्तीय संस्थाहरु पनि दुई दिन बन्द हुने भएका छन्।
आइतबारको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले बैंक बिदा र कार्यालय समय सम्बन्धमा नयाँ व्यवस्था गरेको छ।
जारी सूचनाअनुसार प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। यससँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ।
बैंकिङ कारोबार समय पनि नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *