शेयर बजारमा पहिरो: १०५ अंकको गिरावट, बजार राताम्मे

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ को विन्दुमा बन्द भएको छ ।

आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *