काठमाडौं। नेपाल राष्ट्र बैंक ले निर्धारित समयभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई मनि चेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ।
समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा नगरेपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो।
रद्द गरिएका कम्पनीमा अमृत लक्ष्मी मनि चेन्जर र सुपर फाइन मनि चेन्जर रहेका छन्। दुवै कम्पनी विराटनगर महानगरपालिका–१५ क्षेत्रमा सञ्चालनमा थिए।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त मनि चेन्जर संस्थाले अनुमति अवधि सकिएपछि तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
सम्बन्धित कम्पनीहरूले उक्त प्रक्रिया पूरा नगरेकाले अनुमति रद्द गरिएको हो।
राष्ट्र बैंकद्वारा जारी “मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)” अनुसार म्याद सकिएको मितिबाट तीन महिनाभित्र लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी प्रावधान छ।
सोही व्यवस्था अनुसार नवीकरण नभएकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।






