काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि अनुसार भाडा समायोजन गर्न आग्रह गरेको हो।
महासंघले हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर सार्वजनिक यातायातमा सरकार मौन रहनु विभेदकारी भएको जनाएको छ।
यातायात व्यवस्था विभागले चैत ५ गते नै भाडा बढाउन सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको महासंघको भनाइ छ।
व्यवसायीहरूले मूल्यवृद्धिका कारण दैनिक घाटामा सेवा सञ्चालन गर्नुपरेको जनाउँदै यथाशीघ्र भाडा समायोजन गर्न माग गरेका छन्। माग पूरा नभए स्वघोषणा गरेर भाडा असुल गर्ने चेतावनी समेत दिएका छन्।
Artha Sanjal







